नेपालको सहायक निरीक्षक असई पदमा नाम निकालिदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

सशस्त्र प्रहरी बल, नेपालको सहायक निरीक्षक (असई) पदमा नाम निकालिदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले काठमाडौं महानगरपालिका–१५ का ४७ वर्षीय सोम कौशिक क्षेत्रीलाई झण्डै पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

उनले पीडितलाई असई पदमा नाम निकालिदिन्छु भनी विश्वास दिलाई इ–सेवा आईडी र विभिन्न बैङ्क खातामा कूल ४ लाख ९१ हजार रकम ठगी गरेका  भेटिएको छ । काठमाडौं जिल्ला अदालतबाट असार ८ गते क्षेत्रीमाथि पक्राउ पुर्जी जारी भएको थियो । अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार काठमाडौंको नागार्जुन नगरपालिका–७, रामकोटबाट पक्राउ गरेको हो ।