पहिलोपटक नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

(नेपाल क्राईम)                                                           नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित त्रिदेशीय महिला टी–२० आई सिरिजसुरू हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने सिरिजको पहिलो खेल नेपाल र नेदरल्याण्ड्सबिच हुनेछ । उक्त खेल मध्यान्ह १२ बजे सुरु हुनेछ ।    नेपालको कप्तानमा इन्दु बर्मा छन् भने नेदरल्याण्ड्सको कप्तानमा बाबेट डे लिडे छन् । नेपाल र नेदरल्याण्ड्सबीच महिला क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । पहिलोपटक खेल्न दुवै टोली उत्साहित छन् ।