कैलालीको धनगढीमा २ जना लागूऔषधसहित पक्राउ

(नेपाल क्राईम)                                                     कैलालीको धनगढीमा २ जना लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ मनेहराबाट धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने २५ वर्षीय नितेश ओली ५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ परेका हुन्।यसैगरी धनगढी उपमहानगरपालिका–१० घुइयाघाटबाट सोही ठाउँ बस्ने १५ वर्षीय किशोर १ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।