(नेपाल क्राईम)
पत्रकार हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले विरोध प्रदर्शन गरेको छ । पत्रकार सुरेश रजकको हत्या विरोधमा शनिबार बिहान माइतीघर मण्डलामा महासंघले विरोध प्रदर्शन गरेको हो ।
यसअघि, स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा महासंघले मनाउने निर्णय गरेको थियो ।