(नेपाल क्राईम)
६ जना प्रहरी नायब महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भएका छन्।
बिहीबार बसेको गृह मन्त्रालयको बढुवा सिफारिस सचिवालयले ६ जना डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो।
बढुवा सिफारिस हुनेमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी छन्।