नेपालगञ्ज उपमहानगरपालिका–६ रामनगरस्थित शिवमन्दिर नजिकै लागू औषध ब्राउन सुगरसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिक्रम घरुक र डुडुवा गाउँपालिका–६ बस्ने २० वर्षीय सुनिल खटिक रहेका छन्। शंकास्पद अवस्थामा चेकजाँच गर्दा लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको हो। बरामद पदार्थको शुद्ध तौल १७ ग्राम रहेको छ।थप अनुसन्धान अगाडि बढाइएको एसपी एसपी रामप्रसाद घर्ती मगले जानकारी दिनुभयो।