गोवामा प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भारतको गोवामा प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनामा प्याराग्लाइडिङ पाइलट २६ वर्षीय सुमन नेपाली र भारतीय पर्यटक शिवानीको मृत्यु भएको हो ।

सुमन नेपाली भएको बताइएको छ । यद्यपी उनको ठेगाना खुलाइएको छैन । शिवानी भने भारतकै पुणे निवासी रहेको जनाइएको छ ।अनुमतिविना र आवश्यक सुरक्षा उपकरणविना नै प्याराग्लाइडिङ गर्दा उक्त दुर्घटना भएको बताइएको छ ।