९ जना उपसचिवको सरुवा

(नेपाल क्राईम)

गृह मन्त्रालयले ६ जना उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी दिएको छ ।

गृहमन्त्री रमेश लेखक लेखकले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत र मन्त्रालय बाहिर कार्यरत ६ उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् ।

मन्त्रालयमा कार्यरत उपसचिव हरिप्रसाद गैरेलाई गुल्मी, पोषणराज भण्डारीलाई नवपरासी पश्चिम, शिवहरी पोखरेललाई सर्लाही, तेजप्रकाश प्रसाईलाई झापा र गोमादेवी ढकाललाई ओखलढुंगाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै मन्त्रालयमै कार्यरत हरिबहादुर भुजेललाई अध्यागमन कार्यालय पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल कास्कीको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिएर त्यहाँ कार्यरत डोरेन्द्र निरौलालाई मन्त्रालय तानिएको छ । मन्त्रालयका उपसचिव सुवास पौडेललाई कारागार कार्यालय भिमफेदरी मकवानपुरमा कारागार प्रशासकको जिम्मेवारी दिइएको छ।