सिरहामा अपहरण परेका एक बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार मंगलबार बिहान सिंहको शव घरभन्दा केही पर आँपको बँगैचामा फेला परेको हो ।
छोरा अपहरणमा परेको र पाँच करोड फिरौती नदिए हत्या गरिदिने धम्कीसहित मृतकका बाबु सञ्जयलाई अपहरणकारीले इमोमा म्यासेज पठाएका थिए । प्रहरी निरीक्षक यादवका अनुसार घटनाको अनुसन्धान थालिएको र डग टोली पठाएर सर्च चलिरहेको बताए।