विराटनगरमा एक युवकले आफ्नै भाउजूलाई एसिड प्रहार गरेका छन् ।सामान्य घरायसी विवादका क्रममा विराटनगर– ९ का २५ वर्षीय श्रवण साहले उनकी २२ वर्षीया भाउजू रागिनी साहलाई एसिड प्रहार गरेका प्रहरीले जनाएको छ । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रागिनीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।