जिल्लामा शान्ति सुरक्षा, अपराध अनुसन्धान र राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्याएका जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक खेम प्रसाद नेपाललाई “जेठ महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)” घोषित गरिएको छ।
जिल्ला प्रहरी कार्यालयले जेठ महिनाभरमा प्रहरी निरिक्षक नेपालले देखाएको उत्कृष्ट कार्यक्षमताको मूल्यांकन गर्दै उनलाई यो सम्मान प्रदान गरेको हो। कार्यालयले प्रत्येक महिना उल्लेखनीय कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहनस्वरूप यस्तो सम्मान प्रदान गर्दै आएको छ।जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार निरीक्षक नेपालले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ रूपमा कार्य सम्पादन गरेका कारण यो पुरस्कारका लागि योग्य ठहरिएका हुन्।