नुहाउन गएका दुई किशोरी बगेर बेपत्ता

बर्दियामा गर्मी छल्न भनेर नुहाउन गएका दुई किशोरी बगेर बेपत्ता भएका छन्।

गुलरिया नगरपालिका–२ संगमबस्तीका १२ वर्षीया निशानी थापा र १२ वर्षकै दुर्गा शाही सोमबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

उनीहरूको खोजी कार्य जारी छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खोजी कार्यमा जुटेका छन्।