बाँकेमा  पेस्तोलसहित ५ जना पक्राउ

बाँकेमा  पेस्तोलसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिकका- १ बस्ने २०  वर्षीय सार्थक डाँगी जिल्ला जुम्ला चन्दननाथ न .पा.९ घर भई हाल जि .बाँके ने.   ग.उ.म.न.पा –  १८ बस्ने वर्ष २१ को कुन्जन रोकाय । 

जिल्ला बाँके  ने.ग.उ.म.न.पा. वडा न २ बस्ने वर्ष २२ को नविन बुढा  । ऐ.  ऐ  . बस्ने २२ को  सौरव खड्का र  ऐ.ऐ बस्ने  १९  वर्षीय सन्देश खड्का  रहेका छन् ।उनीहरूलाई नेपालगन्ज उपमहानगरपालिक १८ बाट  पेस्तोल १ थान,खुकुरी १ थान , १थान चक्कु  र तरबारसहित  गएराति पक्राउ गरिएको  बाँकेका प्रहरी प्रमुख एसपी राम  घर्तीमगरले जानकारी दिए ।