काठमाडौंको माछापोखरीमा बस दुर्घटना

काठमाडौंको माछापोखरीमा बस दुर्घटना भएको छ । तार्केश्वरबाट माछापोखरी आउँदै गरेको बा ५ ख ५० नम्बरको बस आज बिहान बाइपासको उकालो चोकमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर २० जना भन्दा बढी यात्रु घाइते भएका छन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार, मोटरसाइकललाई जोगाउन खोज्दा बस सडकमै पल्टिएको थियो ।घटनाको थप विवरण आउन बाँकी छ ।