नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी कर्मचारीहरूले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी विगतमा देखिएका कमी कमजोरीहरूलाई सुधार गरेर काम गर्न निर्देशन दिएका छन् ।
आइतबार प्रहरी हेडक्वाटरबाट निर्देशन दिँदै आईजीपी थापाले संयमता तथा व्यावसायिकता प्रदर्शन गरी नागरिक केन्द्रित भई आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताए ।
थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
आईजीपी थापाले हिरासत व्यवस्थापन एवम् फरार प्रतिवादी पक्राउमा विशेष सक्रियता अपनाई कार्य गर्नुपर्ने बताए ।
प्रहरी महानिरीक्षक थापाले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न अन्य सरोकारवाला नियहरूसँग समन्वय गरी प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन निर्देशन दिएका छन्