नेपाल प्रहरीका तीन डिआइजीको सरुवा भएको छ। गृह मन्त्रालयले रिक्त भएका प्रदेशमा डिआइजी खटाएको हो।
जसअनुसार मधेश प्रदेशमा गोविन्द थपलिया तथा सुदूरपश्चिम प्रदेशमा ओम रानालाई खटाइएको छ । मधेश प्रदेशमा कार्यरत उमाप्रसाद चतुर्वेदी तथा सुदूरपश्चिम प्रदेशका डम्बर विक एआइजीमा बढुवा भएसँगै ती प्रदेशको नेतृत्व रिक्त भएको थियो ।