साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ।

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजेदेखि सुरू हुनेछ।

जारी प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो खेल खेल्न लागेको हो।

पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो।

आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ।