पर्सामा ठूलो परिमाणमा लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट बीरगञ्जतर्फ जादै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट ३ सय १९ केजी लागूऔषध चरेश बरामद गरिएको जनाएको हो ।महानगर–२१ परवानीपुर चोकमा रोकी राखेको अवस्थामा ट्रक र चालकको खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध चरेश फेला परेको प्रहरीले जनाएको छ ।उक्त ट्रकको पछाडी सेतो प्लाष्टिकको बोराभित्र लुकाई राखेको अवस्थामा १३ पोकामा ३ सय १९ केजी चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।