बल्खुमा राप्रपाले सरसफाइ गरेपछि बालेनले दिए धन्यवाद

(नेपाल क्राईम)

महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजको कार्यक्रमपछि सरसफाइ गरेकोमा धन्यवाद दिएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले जरिवाना तिराउने महानगरको चाहना नभएको भन्दै बल्खुमा कार्यक्रमपछि सरसफाइ गरेकोमा उनले राप्रपालाई धन्यवाद दिएका हुन् ।कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ,’ उनले लेखेका छन्।