रौतहटको चन्द्रपुर नगरपालिका १० मा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।खेल्ने क्रममा निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए ।त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चपुरमा लगिएका डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।