(नेपाल क्राईम)
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले एक अमेरिकी वृद्धालाई अपहरणमुक्त गराएको छ ।
गत सोमबार पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड स्थित एक होटलबाट ती वृद्ध अपहरणमा परेकी थिइन् । अपहरणपछि उनलाई मकवानपुर लगेर बार्गेनिङ सुरु भएको थियो । अपहरणकारीले फिरौती बापत तीन लाख युरो मागेका थिए । यसबारे नेपालस्थित अमेरिकी राजदूतावासले पोखराको होटलबाट आफ्नो देशकी वृद्धा अपहरणमा परेको सूचना दिएसँगै प्रहरीले अनुसन्धान गर्दै जाँदा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.४ बस्ने वर्ष ३७ की सरिता लामालाई पक्राउ गर्न सफल भएको हो । अमेरिकन वृद्धा अपहरणमा परेको सूचना पाउना साथ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ती अपहरणमा परेकी अमेरिकी वृद्धालाई मकवानपुरको हेटांैडा उपमहानगरपालिका वडा नं.१९ नेवारपानीबाट अपहरणमुक्त गरेको प्रहरीले जनाएको छ ।