आज राति कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षा पर्ने सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षा पर्ने सम्भावना रहेको जनाएको छ। शनिबार राति सार्वजनिक बुलेटिनअनुसार देशका विभिन्न भू–भागमा अझै पनि अविरल वर्षाको प्रभाव रहनेछ।महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ भने बाँकी भू–भागमा साधारण बदली हुने देखिएको छ।