(नेपाल क्राईम)
प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिका गरगहना लुटपाट गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४१ वर्षीय दिपेश लाल चित्रकार रहेका छन् ।उनले लुटेका गरगहना स्वयम्भू आनन्दकुटी नजिकै बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।