(नेपाल क्राईम)
हेटौंडामा खुकुरी प्रहारबाट ३५ वर्षीया महिलाको हत्या भएको छ । उनलाई आफ्नै देवरले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रहरीका अनुसार बुधबार ९ बजेतिर हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल घर भएकी गुडिया दास घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् । साढे २ तले घरको दोस्रो तलामा कोठाभित्र टाउको चोट लागेको अवस्थामा गुडिया मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।घटनामा संलग्न रहेको आरोपमा उनका कान्छा देवर २३ वर्षीय राहुल भनिने रमेश दासलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हातमा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको हो ।