डाटा सेन्टरमा समस्या आएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स_को आवेदन बन्द भएको छ ।
यातायात व्यवस्था विभागको कार्यालयले सूचना जारी गरेर आजदेखि अर्काे सूचना नआउन्जेलसम्मका लागि आवेदन दिने प्रणाली बन्द गरिएको जानकारी दिएको हो । १६ कात्तिकबाट आंशिक रुपमा खुलेको डाटा सेन्टरमा प्राविधिक समस्या देखिँदै आएको विभागले जनाएको छ ।२३ र २४ भदौको जेनजी आन्दोलनका कारण विभागमा ठूलो क्षति पुगेसँगै लाइसेन्ससँग सम्बन्धित सेवाहरू अवरुद्ध भएका थिए ।