कुलमान समर्थक र प्रहरीबिच घम्साघम्सी

(नेपाल क्राईम)

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा आज (बुधबार) पनि बिरोध प्रदर्शन भईरहेको छ । आज स्वतन्त्र युवाहरू रत्नपार्क प्राधिकरणको कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा केही बेर प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी नै परेको प्रहरीले बताएको छ ।