(नेपाल क्राईम)
प्रहरीले लागूऔषध गाँजा र अफिमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्ति र बरामद लागूऔषध बिहीवार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सार्वजनिक गरिएको हो ।
प्रहरीले लागूऔषध गाँजा ३१ किलो ५६० ग्राम, अफिम ६ किलो १६० ग्राम र गाँजाको धुलो (पोल्याण्ड) १२७ किलो ९४० ग्रामसहित सुमो चालक लाल बहादुर तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले मकवानपुरको मनहरी ६ नयाँ वस्तीस्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा साईड लगाई रोकी राखेको बा ७ च ७०१८ नम्बरको सुमोलाई शंका लागी चेकजाँचगर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । सुमोको पछाडीको सिट मुनि लुकाई छिपाई राखिएको अवस्थामा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले १० फागुनमै लागूऔषधसहित सवारीसाधन नियन्त्रणमा लिएपनि चालक सिन्धुपाल्चोक बाह्रबिसे ९ घर भई हाल जिल्ला काठमाण्डौ पेप्सीकोला बस्ने बर्ष ३८ को तामाङ फरार रहेका थिए ।