सिन्धुलीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

(नेपाल क्राईम)

सिन्धुलीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान ३:४५ बजे सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ गढीमा बा ०१-०३० च ९६४२ नम्बरको विद्युतीय भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको सिन्धुलीका इन्स्पेक्टर सुनिल चौरसियाले जानकारी दिए।

गाडी झापाबाट काठमाडौं आउँदै थियो।

मृत्यु हुनेमा दोलखाको गौरीशंकर गाउँपालिकाका सुशान्त नेपाली छन्।