गृह मन्त्रालयद्वारा तीन जना डीआईजीपीहरूको सरुवा

गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजीपी)को सरुवा गरेको छ ।

सोमबार गृह मन्त्रालय गृहमन्त्रिस्तरीय निर्णयअनुसार ३ जना डीआईजीपीहरूको सरुवा गरिएको सूचनामा उल्लेख छ । सरुवा हुने डीआईजीपीहरूमा विनोद घिमिरे, दिलिपसिंह देउवा र दीपककुमार बस्नेत रहेका छन् ।डीआईजीपी विनोद घिमिरेको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर, मोरङमा सरुवा गरेको छ ।डीआईजीपी दिलिपसिंह देउवालाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, नक्सालमा सरुवा गरेको छ । डीआईजीपी दीपककुमार बस्नेतलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, नक्सालमा सरुवा भएको छ ।