मोरङ जिल्ला कारागारमा एक बन्दीको मृत्यु

मोरङ जिल्ला कारागारमा एक बन्दीको मृत्यु भएको छ।  शनिवार दिउँसो उर्लाबारी नगरपालिका–६, मोरङका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो ।कारागार प्रशासनका अनुसार उनी लागुऔषधसम्बन्धी मुद्दामा बन्दी थिए । जिल्ला अदालत मोरङले २०८१ पुस २९ गते सार्कीलाई पुर्पक्षका लागि कारागार पठाएको थियो ।उनको मुद्दा विचाराधीन रहेको छ  । सार्कीलाई न्यून रक्तचाप र बान्ताको समस्या देखिएपछि शनिवार दिउँसो कोशी अस्पतालमा भर्ना गरिएको थियो। तर, भर्ना भएको केही समयमै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।