आजको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।महाशाखाका अनुसार अहिले बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।पछिल्लो समय दुई वटा केन्द्रमा पछिल्लो २४ घन्टामा सय मिलिमिटरभन्दा माथि वर्षा भएको छ । सिन्धुपाल्चोककको नुर्पुगाउँ केन्द्रमा १२२.२ र धनकुटाको त्रिवेणीमा ११२.६ मिलिमिटर वर्षा भएको छ ।सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।