(रिशव वैश्य)बाँके नेपालगन्जको बागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज महाशिवरात्रि अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘ श्री महाशिवरात्रि पर्व आज देशभर भगवान् श्री शिव पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीशिवको शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ । देशभरिका शिवमन्दिरमा भगवान् श्रीशिवा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।