९० किलो ६४० ग्राम गाँजासहित दुईजना पक्राउ

धादिङको गजुरी गाउँपालिका– २ बाट अवैध लागुऔषध गाँजासहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले ९० किलो ६४० ग्राम गाँजासहित गएराति उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका– ९, खैराङ बस्ने २५ वर्षीय प्रेम तामाङ र काठमाडौं महानगरपालिका– १४, बल्खु बस्ने २४ वर्षीय सन्तोष राई रहेका छन्।