मोटरसाइकल दुर्घटनामा परी त्रिशूलीमा खसेका २७ वर्षीय रोहित रानाको शव फेला

(नेपाल क्राईम)

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटनामा परी त्रिशूलीमा खसेका २७ वर्षीय रोहित रानाको शव फेला परेको छ ।

फागुन २ गतेबाट बेपत्ता भएको रोहितको शव ९ दिनपछि आज बिहान जलविरेस्थित त्रिशूली नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो । रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनका इन्स्पेक्टर निरला भण्डारीले जानकारी दिए ।