त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट डेढ किलो कोकिनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । महिलाको गतिविधि शंकास्पद लागेपछि विमानस्थलमा खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई मंगलबार पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार, उनले ह्याण्ड ब्यागलाई प्लास्टिकको ट्यूब बनाएर कोकिन लुकाएर ल्याएको भेटिएको छ । ‘कोकिन तस्करीकै लागि त्यो ब्याग डिजाइन गरिएको जस्तो देखिन्छ’, उनी भन्छन्, ‘उनलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा कोकिन लिन आएका अर्का भारतीय नागरिक समेत पक्राउ परेका छन् ।’