उच्च अदालतका न्यायाधीश भरत लम्सालले दिए राजीनामा

उच्च अदालतका न्यायाधीश भरत लम्सालले राजीनामा दिएका छन् ।

उच्च अदालत, विराटनगरको ओखलढुंगा इजलासमा कार्यरत लम्सालले बिहीबार न्याय परिषदमा राजीनामा बुझाएका हुन् । स्वास्थ्य घरायसी अवस्थालाई कारण देखाउँदै आजैबाट लागू हुने गरी हिजो राजीनामा दिएको उनले बताए ।