सशस्त्र प्रहरीद्वारा निर्मित भौतिक संरचनाको  उद्घाटन

(नेपाल क्राईम)                                                              बाँके जिल्लाको नरैनापुर गाउँपालिका १ नेपाल बडर आउट पोष्ट कटकुईयाको पूर्वीसीमा क्षेत्र सुइया नाकामा सशस्त्र प्रहरीद्वारा निर्मित भौतिक संरचनाको आज उद्घाटन गरिएको छ ।

‘सीमा बासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमको अवधारणाअनुरूप सशस्त्र प्रहरी बल नं ३० गण हेड क्वाटर बागेश्वरी गण र गाउँपालिकाको संयुक्त सहकार्यमा नेपाल भारत आवतजावत गर्ने सर्वसाधारणका लागि पिउने पानीको धारा, सार्वजनिक शौचालय र चौतारोसहित भवनको उद्घाटन गरिएको हो ।

बागेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीका अनुसार छिमेकी मुलुक भारतसँग सीमा जोडिएको नरैनापुर–१ सुइयामा सार्वजनिक शौचालय, शुद्ध खानेपानीका लागि ट्यांकीलगायत संरचना रु। दुई लाखमा निर्माण गरिएको हो । साथै डुडुवा गाउँपालिका १ खडैँचामा प्रतीक्षालय र खानेपानी ट्यांकी निमार्ण गरिएको उनले बताए ।