(महेन्द्र सिंह ) बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले खुकुरी प्रहार गरि कर्तव्य गर्ने २३ वर्षीय जगतसिंह ठकुरीलाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ टागाँस्टेसन नजिकै ३० वर्षीय इसाद कवाडियालाई खुकुरी प्रहार गरि फरार रहेका अभियुक्त ठकुरीलाई शनिबार राति पक्राउ गरिएको बाँके जिल्ला प्रहरी प्रमुख तुल बहादुर कार्कीले बताएका छन् ।
ठकुरीलाई नेपालगञ्जको बसपार्कमा रहेको अछामी गेष्ट हाउसबाट पक्राउ गरिएको कार्कीले बताए । ठकुरीविरुद्ध अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
ठकुरीले नेपालगञ्जमा टोली गुण्डाको हर्कत र गतिविधि गर्दै आएका थिए । उनको हर्कतप्रति निगरानी गर्दै आएको प्रहरीले घटनाको लामो समयपछि पक्राउ गरेको छ ।