पानीधारामा दुर्घटना हुँदा ५ जना घाइते

(नेपाल क्राईम)                                                          धादिङमा गाडी दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । प्रहरीका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० पानीधारास्थित पृथ्वीराजमार्गमा बा. २ख ७६३६ नम्बरको गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो ! घाइते हुनेमा चितवन भरतपुर महानगरपालिका-९ का ४३ वर्षीय प्रकाश अधिकारी, सोही ठाउँका ५० वर्षीय मनबहादुर पुन, भरतपुर महानगरपालिका- ८ बस्ने २५ वर्षीया स्वस्तिका पौडेल, सोही ठाउँ बस्ने २३ वर्षीया अञ्जली रिमाल र भरतपुर महानगरपालिका-५ बस्ने ५० वर्षीय सुदर्शन थापा छन् । अधिकारी, पुन, पौडेल र रिमालको प्रशान्त फार्मेसी चौकीटारमा तथा थापाको बिहानी फार्मेसी मझिमटारमा उपचार भइरहेको डिएसपी हमालले जानकारी दिए ।