सवारी ज्यान मुद्दाका एक जना फरार प्रतिवादी नौ वर्षपछि पक्राउ

(नेपाल क्राईम)

सवारी ज्यान मुद्दाका एक जना फरार प्रतिवादी नौ वर्षपछि पक्राउ परेका छन्।

हालको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ मलवारका ३६ वर्षीय कृष्णबहादुर चौधरी पक्राउ परेका हुन्।

पक्राउ परेका चौधरी बसका सहचालक हुन्।

२०६२ मंसिर १७ गते ना ५ ख ७३१९ नम्बरको बसले रा ३ प २७२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा रूकुम पश्चिमको खारा गाविस घर भई तुलसीपुर वडा नम्बर ५ नयाँ बसपार्क बस्ने २१ वर्षीय विद्यार्थी बिबाकर वलीको मृत्यु भएको थियो।