पश्चिम नेपालका विभिन्न १२ जिल्लामा आज (आइतबार) र भोलि (सोमबार) भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालले बुलेटिन जारी गर्दै विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भन्दै १२ जिल्ला बढी जोखिमा रहेका जानकाारी दिएको हो ।सुदूरपश्चिमको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेको छ । अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जानकारी दिए ।