प्रहरीले झुटो जाहेरी दिएर अर्कालाई फसाउन खोजेको आरोपमा रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअर्वा स्थित कटहरिया बस्ने ४१ वर्षीया प्रमिला देवी सहनी रहेको प्रहरीले जानकारी दिएको छ ।
उनले अर्काको उक्साहटमा झुटो जाहेरी दिएको फेला परेपछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको रौतहटका एसपी नेत्रमणी गिरीले जानकारी दिएका छन ।