(नेपाल क्राईम)
ताइवानको दक्षिणी क्षेत्रलाई केन्द्र बनाएर शक्तिशाली भूकम्प गएको छ। मंगलबार बिहान ६.४ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
भूकम्पको केन्द्रबिन्दु युजिङ शहरबाट १२ किलोमिटर उत्तरमा रहेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पबाट भत्किएको ताइनान शहरको नान्क्सी जिल्लामा रहेको घरको भग्नावशेषबाट उद्धार गरिएका ६ जना घाइते भएका छन्। उनीहरूलगायत अन्य स्थानका ९ घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।