अल जजिराका ५ पत्रकारको हत्या

इजरायलले अल जजीराका पाँच पत्रकारको हत्या गरेको छ ।

आइतबार राति गाजा शहरको अल–शिफा अस्पतालको मुख्य ढोका बाहिर पत्रकारहरुलाई राखिएको टेन्ट लक्षित इजरायली सेनाले आक्रमण गर्दा अल जजीराका पत्रकार अनस अल–शरीफ र उनका चार सहकर्मी मारिएका हुन् ।उक्त आाक्रमणमा सात जनाको मृत्यु भएतापनि अनस अल–शरीफसहित संवाददाता मोहम्मद क्रेकेह र क्यामेरा अपरेटर इब्राहिम जहेर, मोहम्मद नौफल र मोआमेन अलिवा मारिएको अल जजीराले जनाएको छ ।(रास्स)