जिल्ला कारागार कार्यालय धादिङ सेनाको नियन्त्रणमा आएको छ ।
कैदीबन्दीहरू तोडफोडसहित भाग्न खोजेपछि कारागार सुरक्षाका लागि सेना र प्रहरी खटिएका थिए । त्यसक्रममा केही राउन्ड हवाई फायर समेत भएको छ ।
झडपमा क्रममा ८ जना कैदीबन्दी घाइते भएका र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।