बाँकेमा भारी परिमाणको अवैध औषधि बरामद

(महेन्द्र सिंह )                                                              बाँके प्रहरीले भारी परिमाणको अवैध औषधि बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्वको टोलीले नेपालगन्ज उपमहानगरपालिका–११ टांगा स्टेसन नजिकैबाट भारी परिमाणको औषधि बरामद गरेको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

उनले विशेष सूचनाको आधारमा खटिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोली र वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक बमको टोलीले भारतबाट ल्याइएका २६ थरिका औषधिसहित नेपालगन्ज उपमहानगरपालिका १ का ३५ वर्षीय सन्जिव गुप्तालाई पक्राउ गरिएको एसपी कार्कीले बताए ।

बरामद गरिएको औषधि तीन लाख १४ हजार ४ सय रुपैयाँ बराबरको भएको जानकारी दिए ।