ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

(बिशाल वैश्य )

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-३ का अन्दाजी ४८ वर्षीय घमणबहादुर शाही र धनगढी- १४ का अन्दाजी ३६ वर्षीय रूपेश बस्नेतको मृत्यु भएको हो।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुम नजिक ना ८ ख ३३३ नम्बरको तेल बोकेर दाङतर्फ आउँदै गरेको ट्याङ्करले दाङबाट पश्चिम कोहलपुरतर्फ जाँदै गरेको भे ९ प ९५१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए।