मन्दिर परिसरमै चक्कु प्रहार, एक जनाको मृत्यु

सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न आएका तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ ।आज (सोमबार) दिउँसो मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा १० जना बढी तीर्थयात्री बसेको बेला विवाद भइ झडप भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।घटनास्थल पुगेका जिल्ला प्रहरी सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार झगडाका क्रममा चक्कु प्रहार हुँदा एक तीर्थयात्रीको मृत्यु भएको जानकारी दिए ।शव पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ ।