अमेरिकी सरकारले नेपाली सेनालाई दुई वटा जहाज प्रदान गर्ने

अमेरिकी सरकारले नेपाली सेनालाई दुई वटा जहाज प्रदान गर्ने भएको छ।

ती जहाजहरू शनिबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भइसकेका छन्।

दुई वटा जहाज काठमाडौं ल्याए पनि अमेरिकी दूतावासले नेपाली सेनालाई हस्तान्तरण गर्न भने बाँकी नै छ।

सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार ती जहाज एउटा स्काईट्रक र अर्को एयर एम्बुलेन्स हो।

‘जहाज हिजो नेपाल आइपुगेको छ। निकट भविष्यमा कार्यक्रम भएर नेपाली सेनालाई हस्तान्तरण हुनेछ,’ उनले भने।

यी दुवै जहाज यही महिना एक कार्यक्रम गरी हस्तान्तरण गर्ने तयारी छ।

प्रवक्ता बस्नेतका अनुसार स्काइ ट्रक विपद व्यवस्थापनका लागि परिचालन गर्ने तयारी छ। ‘स्काईट्रक विशेष गरी उद्धार, राहतका कामका लागि प्रयोग हुनेछन्,’ उनले भने।(रास्स)