नेशनल स्वीमिङ च्याम्पियनशिप शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको छ। नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले गरे ।
उद्घाटन कार्यक्रममा मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेलकुद क्षेत्रको अपार सम्भावना रहेको बताउँदै प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।
क्लबका अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री रत्न खत्री र प्रदेशसभा सदस्य अम्बिका काफ्लेले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे ।